राजनीति

महानगर र उपमहानगरमा सिट बाँडफाँट गर्न गठबन्धनको बैठक बस्दै

आसन्न स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिकाको चुनावी तालमेलबारे टुंगोमा पुग्न सत्ता गठबन्धनको बैठक बस्दैछ। महानगर र उपमहानगरपालिकाको भागवण्डा टुंग्याउन सोमबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो।

श्रोतका अनुसार आजको बैठकबाट सिटको बाँडफाँटबारे निर्णय हुन सक्नेछ। माओवादी केन्द्रले भरतपुर महानगरपालिकासँगै धरान, जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरपालिकामा दाबी गरेको छ। आइतबार बसेको गठबन्धन बैठकमा दलहरुले आ आफ्नो दाबी प्रस्तुत गरेका थिए।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले ६ वटा महानगर र ११ वटा उप-महानगरपालिमा आआफ्नै अडान कायम राखेका छन्। एकीकृत समाजवादीले पोखरा महानगरमा दाबी गरेको छ। नेकपा माओवादी केन्द्रले एक महानगर र चार उपमहानगरपालिकामा दाबी गरेको छ।

यसै गरी जसपाले दुई महानगर र तीन उपमहानगरपालिका दाबी गरेको छ। तर नेपाली कांग्रेसले सबै ठाउँमा दाबी गरेको छ। गठबन्धनभित्र यसले सिटको भागबण्डा नै टुंगिएको छैन। मनोनयन दर्ता गर्न ६ दिनमात्र बाँकी रहँदा सत्ता गठबन्धनले महानगर र उपमहानगरपालिमा पनि सिटको भागवण्डा पनि मिलाउन सकेको छैन।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।