राजनीति

चुनावी तालमेलबारे छलफल गर्न खुमलटारमा माओवादीको बैठक

चुनावी तालमेलबारे छलफल गर्न नेकपा माओवादी केन्द्रका पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक बसिरहेको छ। गठबन्धनको बैठक बस्नुअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक बसेको हो।

सोमबार बसेको सत्ता गठबन्धनको बैठकले मंगलबार महानगरपालिहरूमा गठबन्धनको टुंगो लगाउने निर्णय गरेको थियो। सत्ता गठबन्धनसँग भएको छलफलबारे जानकारी गराउन प्रचण्डले बैठक बोलाएका हुन्।

सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले मंगलबारसम्म गठबन्धनको टुंगो लगाउने दाबी गरेका थिए।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।