राजनीति

हामीले भरतपुर र रेणु नै चाहिन्छ भनेका छैनौ - प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भतरपुर र रेणु दाहाल नै चाहिन्छ भनेर आफूले दाबी नगरेको बताएका छन्। आज पार्टीका तर्फबाट पेरिसडाँडामा पत्रकार सम्मेलन गरेका दाहालले पत्रकारको प्रश्नमा आफूले भरतपुर र रेणु नै चाहिन्छ नभनेको भन्दै एक महानगरमा माओवादीको दाबी रहेको बताए। छ महानगरमध्ये माओवादीले कम्तिमा एक महानगर पाउनुपर्ने उनले बताए।

“हामीले भरतपुर नै चाहिन्छ र रेणु नै चाहिन्छ भनेका छैनाैं । यो गलत बुझाइ मात्र हो,” दाहालले भने, “गठबन्धन भइसकेपछि एउटा महानगर माओवादीले दाबी गरेको हो । वीरगंज, विराटनगर, काठमाडौं, पोखरा जहाँ दिए पनि माओवादी तयार छ ।”

भरतपुरमा ०७४ मा रेणु दाहालले जितेकोले त्यहाँ सजिलो हुने कुरा मात्रै माओवादीले गठबन्धनमा राख्ने गरेको स्पष्ट पारे।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।