राजनीति

समीक्षा बाँस्कोटा विवेकशील साझाको नयाँ अध्यक्ष बन्ने

विवेकशील साझा पार्टीको नयाँ अध्यक्षमा समीक्षा बाँस्कोटालाई प्रस्ताव गरिएको छ। पार्टी अध्यक्षबाट रवीन्द्र मिश्रले गत जेठ ११ गते राजीनामा दिए पनि उनको राजीनामा बारे केन्द्रीय समितिमा छलफल हुन सकेको थिएन।

विवेकशील साझाका एक नेताका अनुसार बाँस्कोटालाई अध्यक्ष र सञ्जीव बल्लभ भट्टराईलाई संयोजक बनाउनेबारे छलफल भएको छ। श्रोतका अनुसार आज अपरान्ह ३ बजे पार्टी कार्यालयमा केन्द्रीय समिति बैठक बस्नेछ र सो बैठकमा अध्यक्षबाट रवीन्द्र मिश्रले दिएको राजीनामा स्वीकृत गर्ने र नयाँ अध्यक्ष र संयोजक बनाउने प्रस्ताबमा छलफल हुने कुरा छ।

साथै आज बस्ने केन्द्रीय समिति बैठकमा मिलन पाण्डे लगायत अन्य नेता हरु माथि यसअघि गरिएको कारबाही फुकुवा गर्ने प्रस्ताबबारे पनि छलफल हुन सक्ने एक नेताले बताएका छन्।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।