राजनीति

नेविसंघ काभ्रेमा भाँडभैलो, भगवान अधिकारी समूहले बनायो समानान्तर कमिटी (विज्ञप्तिसहित)

नेपाल विद्यार्थी संघ काभ्रेमा विवाद बढेपछि समानान्तर समिति गठन भएको छ। अध्यक्ष माधव ढकालले मनोमानी गरेको भन्दै भगवान अधिकारीको समूहले समानान्तर समिति गठन गरेको हो। नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकबीच एकीकरण हुँदा भएको सहमतिविपरित पार्टी जिल्ला सभापति शिव हुमागाईंको निर्देशनमा ढकाल चलेको भन्दै आज अधिकारीको नेतृत्वमा नेविसंघ काभ्रे जिल्ला समिति गठन गरिएको असन्तुष्ट पक्षले जानकारी दिएको छ।

केही दिनअघि ढकालले नेविसंघ विस्तार गरेपछि उक्त समूह थप आक्रोशित भएको थियो। समानान्तर रुपमा गठन गरिएको नेविसंघको उपाध्यक्षमा विश्व लामा, प्रकाश खनाल, गुरुप्रसाद ढकाल, रामकृष्ण श्रेष्ठ रहेका छन् भने सचिवमा किशोर पाण्डे र सुदर्शन धिताल रहेका छन्। यस्तै सहसचिवमा निवेन मानन्धर, विकास उलक र सुनिता लुईटेल रहेका छन् भने कोषाध्यक्षमा नारायणकुमार थोकर रहेका छन् । यसैगरी क्षेत्रीय अध्यक्षमा एक नंवरमा गणेश अधिकारी, दुईमा निगम हुमागाई, तीनमा विनोद तिमल्सिना र चारमा मुकुन्द पौड्याल रहेका छन् ।

हेर्नुस् अधिकारी पक्षको विज्ञप्ति

प्रेस विज्ञप्ति

नेपाल विद्यार्थी संघ राष्टियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकतालाई आदर्श मान्ने नेपाली काँग्रेसको भातृ संस्था हो । यस संस्थाको उद्देश्य विद्यार्थीका सम्पूर्ण समस्या विद्यार्थिहरु द्धारा नै समाधान गर्न नेपालका समस्त विद्यार्थीहरुलाई आफ्नो हक, हितको संरक्षण तथा सम्वर्दनका निमित्त निरन्तर सचेत र क्रियाशिल गराउनु हो । नेपाली काँग्रेस पार्टीको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले पूर्व प्रधानमन्त्रि एंव नेपाली काँग्रेसका पूर्व सभापति कृष्ण प्रसाद भट्टराईले उद्धघाटन गरी स्थापना भएको हो । यो संस्था आज संसारकै गौरवमय संस्था बनेको छ । लोकतन्त्रवादी विद्यार्थीहरुको समुह रहने यो संस्थामा आपसी विचार आदन प्रदान सल्लाह सहमतिद्धारा हरेक समस्याको निष्कर्ष निकाल्ने संस्कृतिको विकास हुदै आएको छ । तर ईतिहाँसको गौरव संगठनको उद्देश्य भावना र लोकतन्त्रवादी विद्यार्थीको संस्कार परम्परा, प्रवृतिबाट तल झरेर एकल रुपमा छलकपट पूर्ण र वदनियत पूर्ण शैलीबाट काभ्रेको नेपाल विद्यार्थी संघलाई पछाडी धकेल्ने प्रयत्न केहि साथीहरुबाट भएको प्रति नेपाल विद्यार्थी संघका जिम्मेवार एंवम संगठनको सच्चा सिपाहीहरु दुखित हुनु अस्वभाविक होइन । नेपाली काँग्रेस र नेपाली काँग्रेस (प्रजातान्त्रिक) एकिकरण हुँदा नेपाल तरुण दल काभ्रेका अध्यक्ष हरि बहादुर श्रेष्ठले छोड्ने र तरुण दल अध्यक्षमा राम जोशि रहने सहमति सँगै नेपाल विद्यार्थी संघको अध्यक्षमा भगवान अधिकारी रहने र माधव ढकालले सहमतिमा छोड्ने परिवेशको निर्माण सहितको पार्टी सभापति शिव प्रसाद हुँमागाई र तत्कालीन सह सभापति तिर्थ बहादुर पसखलबिच भद्र सहमति भएकै हो । तर काम विशेषले माधव ढकाल सिन्धुली जानुभयो नेविसंघ दुई अध्यक्षबाट एक हुने कुरा जिउँका तिउँ रह्यो । यो त भयो इतिहाँसको एउटा काल खण्ड ।

त्यसपछि पनि निरन्तर जिल्ला स्तरिय कार्यक्रमहरु पार्टी निर्देशनमा एकलौटि गर्न लगाउने परिपाटि हावि हुँदै गयो । कार्यक्रम राख्ने, जिल्ला भरी पत्र पठाइसक्ने र त्यस पछि बसेर सहमति गरौं मिलेर कार्यक्रम गरौं जस्ता क्रमहरु वार्षिक रुपमा हुँदै गए कहिले संयुक्त कार्यक्रम हुन्थ्यो त कहिले समानान्तर पार्टिले पनि दुवै अध्यक्षलाई मिलाउनको लागि जिम्मेवारी वोध गरेन फल स्वरुप नेविसंघ काभ्रेको कार्यसमिति दुइवटै रह्यो ।

अन्य पार्टी बिचमा समेत सल्लाह सहमति एकताद्धारा मुलुकलाई दिशा निर्देश गर्नुपर्दछ भन्ने सिद्धान्त बोकेको नेपाली काँगे्रस काभ्रेको आफ्नै संगठन भित्रका आन्तरीक सम्स्या निराकरण गर्ने तर्फ गम्भिर नहुनु बडो रोचक र रहस्यमय छ । काभ्रेमा जसरी काँग्रेस एकिकरण पछि पूर्व सहमति अनुरुप पार्टीका क्षेत्रीय समिति, नेपाल तरुण दल, शिक्षक संघ, महिला संघ लगायत सबै मिलाएर पचहत्तरै जिल्लामा पहिलो र उदाहरणीय नमुना पार्टिमा भावनात्मक एकिकरणको सन्देश दिने भद्र सहमति पार्टी सभापति शिव प्रसाद हुँमागाई र तत्कालीन सह सभापति तिर्थ बहादुर पसखल बिच भयो । त्यसले लाग्थ्यो काभ्रेमा समस्यै रहन्न तर जब भद्र सहमतिको नम्र बालीमा, मखनमा छुरा चलाए जस्तो सजिलै छुरा रोप्ने काम हुन थाल्यो । त्यसपछि नेतृत्व प्रतिको ईमान्दारिता घाम जस्तै छरलङ्ग भयो । पटक पटक सल्लाह नगरी कार्यक्रम राख्न लगाउने काम नेतृत्व तर्फबाट हुँदै गर्दा पनि सहमति बाट दुवै नेविसंघ अध्यक्ष एउटै मञ्चमा एकै पटक सभापतित्व गरेर नेविसंघलाई विवाद रहित बनाउने प्रयास पनि गर्यौं। भर्खरै पनि एकल रुपमा सल्लाह नगरी कार्यक्रम सम्पन्न भयो त्यति मात्र हैन सात वर्ष देखिको नेविसंघ विवाद न अधिवेशनमा बाट टुगिंयो न त पार्टिले जिम्मेवारी वोध गरी नेविसंघको एउटै समिती बनाउन प्रयत्ननै गर्यौं । खाली निषेधको राजनिती मौलाउँदै गयो यसै बिच नेपाल विद्यार्थी संघको केन्द्रीय समितीमा काभ्रेबाट म केन्द्रीय समितिमा चयन भएँ। त्यस पछिको मेरो जिम्मेवारी काभ्रेका दुवै समितिलाई एक गर्नुनै थियो । साथिहरुसँग छलफल गर्दै थिएँ । मेरा अर्का समकालिन मित्र माधव ढकालले सल्लाह बिना नै गत असार ६ गते नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति काभ्रेको तर्फबाट एकल कार्यक्रम राख्नु भयो । त्यस बिचमा पनि कार्यक्रम पछाडि साथिहरुको मनोभावना अनुसार नेविसंघको एउटै समिति बनाउँला भनेकै हो। तर सल्लाह नगरी मेरा कार्य समितिमा रहेका विश्व लामा र विनोद तिमल्सिनालाई माधव ढकालले आफ्नो समितिमा राखी नेविसंघको समस्या समाधन भएको एकल निर्णय पत्र पत्रिका मार्फत सुन्ने हेर्ने अवसर प्राप्त भयो । यसबाट के बुझिन्छ भने संगठनमा पनि धैर्यतालाई कमजोरी सम्झने परम्परा हावि भएको छ। यसलाई न्यूनीकरण गर्न साथिहरुलाई संगठित गर्न नेपाल विद्यार्थि संघ जिल्ला कार्य समिति पूर्नगठन गरीएको छ। साथै संगठनलाई तिव्र गतिमा संचालन गर्नका लागि विभागिय जिम्मेवारी पनि दिइएको छ।

अध्यक्ष: भगवान अधिकारी
उपाध्यक्ष: विश्व लामा,
उपाध्यक्ष: प्रकाश खनाल,
उपाध्यक्ष: गरुप्रसाद ढकाल,
उपाध्यक्ष: राम कृष्ण श्रेष्ठ,
सचिव: किशोर पाण्डे, सुर्दशन धिताल
सह सचिव: निवेन मानन्धर, विकाश उलक, सुनिल लुईटेल
कोषाध्यक्ष: नारायण कुमार थोकर
सदस्यहरु: दिनेश भुर्तेल, विजेश मुल्मि, दुर्गा घलान, सन्तोष पौड्याल, छेवाङ्ग लामा, कल्पना ढकाल, भुषण अधिकारी, सुरथ लामा, रविन गौतम, कृष्ण कार्कि, क्षेत्र बहादुर वाईवा, नवराज नेपाल, अर्जुन थापा, निर्मल पाण्डे, विजय लामा, रेषम के.सी, कमल गौतम, सम्पुर्ण थापा, सविता लामिछाने लामा, विजय तामाङ्ग, प्रेम तामाङ्ग, जगत मान लामा, धन लामा, राजन प्रजापति, रिता लामा

क्षेत्रीय अध्यक्षहरु यथावत राखिएको छ ।

क्षेत्रिय अध्यक्षहरु

क्षेत्र नं १: गणेश अधिकारी
क्षेत्र नं २: निगम हुँमागाई
क्षेत्र नं ३: विनोद तिमल्सिना
क्षेत्र नं ४: मुकुन्द पौड्याल

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।