समाज

पनौतीमा प्राचिन मन्दिर भेटिन थाले

ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक नगरी पनौतीमा प्राचिन कलाका देवी मन्दिरका आकृतिहरु फेला पर्न थालेका छन् । उक्त प्राचिन मन्दिर तलेजु भवानी (लायकु दरबार) को रुपमा चित्रण गरिएको छ । सो प्राचिन आकृतिहरु पनौतिमा हाल गठन गराईएको स्मारक क्षेत्र संरक्षण समितिको अगुवाईमा उत्खनन गरि निकालिएको समितिका अध्यक्ष विश्वनाथ ताम्रकार बताउँछन ।

उक्त आकृतिमा प्राचिन समयमा मल्लकालिन राजाहरुको ठुलो सुझाब रहेको प्रचिन शिलालेखहरुमा उल्लेख छ ।सो प्रचिन शिलालेख अनुसार राजा भुपतिन्द्र मल्लले पनौती क्षेत्रमा धार्मिक आस्था अनुरुप यहाँ रहेको ब्रह्मायणी मन्दिर पुजाका लागि २४ रोपनी जग्गा रहेको छ । सो पोखरी एवं मन्दिरका साथै प्राचिन समयका आँखाले पनि उत्खनन कार्य गर्दा मेटिएको समितिका गोपालमान दास सैजुले बताए ।

उत प्राचिन मन्दिर फेला परेपछि पनौती नगररुमा पर्यटकहरु बढी आकर्षीत भएको स्थानियबासी रबिन्द्र कर्माचार्य बताउँछन् । पुराना मठ मन्दिरहरुले पनि पर्यटकहरु आकर्षित गर्ने गरेको पर्यटक केन्द्रका अध्यक्ष सुरेस सैजु बताउँछन । यस्ता प्राचिन आकृतिका साथै यहाँ रहेका मठ मन्दिरहरुको संरक्षण र संवद्र्वन गर्ने कार्यमा संरक्षित स्मारक क्षेत्र संरक्षण समिति तिब्रताका साथ लागिरहेको छ । यस्ता कार्यहरुमा टेवा पुयाउने उद्देश्यले समितिले पुरातत्व बिभागको मातहतमा रहि बिभिन्न उपसमितिहरु गठन गरेकोे ताम्रमकारले बताए । सो समितिले बर्षमा एक पटक मनाईने पनौती जात्रालाई संचालन गर्ने ब्यबस्था मिलाउने यहा रहेको मुख्य कृष्ण मन्दिर जिर्णोदारका लागि पुरातत्वलाई जानकारी गराई बजेट निकासा गराउन अगुवाई गरेको र संरक्षण गर्ने कार्य गरेको ताम्राकार बताउँछन ।

उत्खनन कार्यबाट भेटिईएका बिभिन्न आकृतिहरु पनौति लायकु डबलीमा रहेको छ । यस्ता प्रचिन आकृतिहरु बिभिन्न देशबाट आएका पर्यटकहरुले अबलोकन गरिसकेको सैजुले बताए । यस्ता आकृतिहरुले गर्दा पर्यटकहरुलाई आकर्षित गर्न थप टेवा समेत मिलेको छ ।

भुवन थापा
पनौती(काभ्रे), ७ साउन

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।