राजनीति

भोला थापाद्वारा पनौती नगरपालिकामा कांग्रेसको तर्फबाट मेयर पदमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेस पनौतीका नेता भोला थापाले पनौती नगरपालिकामा कांग्रेसको तर्फबाट मेयर पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। थापाले उम्मेदवारी घोषणा गरेर चुनावी गतिविधि समेत बढाउन सुरु गर्नुभएको छ ।

मेयरको लागि टिकट हात पार्ने विषयमा धेरेको आकांक्षी देखिए पनि पत्रकार तथा एवं सफल व्यवसायी भोला थापाको बलियो सम्भावना रहेको देखिएको छ।

थापा व्यवसायीमा स्थापित, सामाजिक र राजनीतिक क्षेत्रमा नै चर्चित व्यक्तित्व हुन्। थापाको आगमन नै पनौतीमा कांग्रेसको जित हुनसक्ने पनौती वासिन्दाले बताउने गरेका छन् । थापाले टिकट ल्याउन सक्ने सम्भावनासमेत धेरै देखिन्छ। यसबाहेक नगर समितिका सभापति रामशरण भण्डारी पनि दाबेदार हुन् ।

गत निर्वाचनमा समेत पनौतीमा कांग्रेसको राम्रो उपस्थिति रहेको थियो। गत निर्वाचनमा एमालेबाट मेयर र उपमेयर निर्वाचित भएता पनि १२ वटा वटामध्ये ६ वटा वडामा नेपाली कांग्रेस निर्वाचित भएका थिए। जसमा ६, ७, ८, ९, १०, ११ नम्बर वडा रहेको छ। मेयर भिम न्यौपानेले अवसर पाए पनि बिगत ५ वर्ष राम्रो काम नगरेकोले पनौतीमा यसपटक कांग्रेसले बाजी मार्ने सम्भावना देखिन्छ ।

जहाँ टिकटको मुख्य दाबेदार भोला थापा हुन्। थापाको पनौतीमा कांग्रेसभित्र राम्रो प्रभाव देखिन्छ। यसबाहेक नगर समिति सभापति भण्डारी र हाल वडा अध्यक्ष रहेका सहकुल हुमागाई लगायतको समेत यसपटक दाबी देखिएको छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।