स्वास्थ्य

नेपालमा एकैदिन थपिए ५७ कोभिड-१९ संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, रूपन्देही, पर्सा र बारामा मंगलबार एकैदिन ५७ जना कोरोना भाइरसका संक्रमित भेटिएका हुन्। नयाँ संक्रमितहरुमा कपिलवस्तुमा ८, रूपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना रहेका छन्।

थपिएका संक्रमित सबै पुरूष रहेको र उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।

यो सँगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १९१ पुगेको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।