मुख्य समाचार समाज

कोरोना संक्रमणका कारण ललितपुरमा एक जनाको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) का कारण बुधबार साँझ ललितपुरमा एक जनाको मृत्यु भएको छ।

ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुष किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण निधन भएको हो। बुधबार आएको परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ पाइएको स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए।

किस्ट अस्पतालका अनुसार ती व्यक्तिलाई जेठ ११ गते राति अस्पतालमा भर्ना गरिएको थियो र उनको स्वाब जेठ १२ गते परीक्षणका लागि पठाइएको थियो।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।