समाज स्वास्थ्य

दुर्गम गाउँमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

च्यासिङ्खर्क,

काभ्रेको डााडापारी क्षेत्रमा पर्ने च्यासिङ्खर्क गाविस–९ मदनबासमा एक दिने निःशुल्क स्वास्थ्य शिविर तथा निःशुल्क औषधी वितरण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । सि.डि. ओ नेपाल ललितपुरको आयोजना एंव आइत टासी गुम्बा मदनबासको व्यवस्थापनमा भएको हो । स्वास्थ्य शिविरमा करिब ३ सय जनालाई सेवा प्रदान गरिएको सि.डी.ओ नेपालकी आरती बस्नेतले बताइन । सोही संस्थाले विगत ९ वर्ष अघि देखि ललितपुरको गैलाजा कारखानामा मजदुरहरुलाई सेवा प्रदान गरि काभ्रेको देवीटार, सिपाली, महादेवटार र च्यासिङ्खर्कमा सम्पन्न गरि सकेको र अझै ५ गाविसमा सञ्चालन गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार हाल सम्म काभ्रेको विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी २ हजार भन्दा बढिलाई सेवा प्रदान गरि सकेको जनाएको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।