स्वास्थ्य

स्वास्थ्यका ९ नया भवन

शहरी विकास तथा भवन डिभिजन कार्यालय धुलिखेल अन्र्तगत एकीकृत जिल्ला स्वास्थ्य कार्यक्रम अन्र्तगत काभ्रेमा चालु आर्थिक वर्ष २०६९-२०७० भित्र तीन हेल्थपोष्ट, पाँचवटा प्राथमिक उपचार केन्द्र र एक डाक्टरको क्वाटर भवन निर्माण कार्य सम्पन्न हुने भएको छ ।

सुविधा सम्पन्न भवनबाट सो क्षेत्रका स्थानीयहरुले उपचार पाउनेछन् । हरेक गाउँ विकास समितिमा सुविधा सम्पन्न हेल्थ पोष्ट, इलाका स्तरिय प्राथमिक स्वास्थ्य केन्द्र र बर्थिङ सेन्टरहरु निर्माण हुने क्रममा काभ्रेमा उक्त भवनहरुको निर्माण भइरहेको हो । गतवर्ष देखि संचालित यि योजनाहरु यो वर्षमा सम्पन्न हुने कार्यालयले जानकारी दिएको छ । निर्माण सम्पन्न हुने हेल्थपोष्टहरुमा गोकुले, श्यामपाटी र भिमखोरी रहेका छन् भने पाँचखालमा प्राथमिक स्वास्थ्य केन्द्र निर्माण सकिएको छ भने सुन्थानमा बर्थिङ सेन्टरको निर्माण भइहरेको छ । चौवास, धुसेनी शिवालय, पोखरीनारायणस्थानमा प्राथमिक स्वास्थ्य केन्द्र निर्माण भइरहेको छ भने मेथिनकोट उप–स्वास्थ्य चौकीमा डाक्टरको क्वाटर भवन निर्माण भइरहेको छ । बेखसिम्ले र मंगलटारमा निर्माण कार्य सकिएको छ । आउँदो आर्थिक वर्षमा शिखरआम्बोटे गाविसमा उप स्वास्थ्य चौकी निर्माणको प्रस्ताव गरिएको छ ।डिभिजन कार्यालयले यहि आर्थिक वर्षमा सघन शहरी विकास कार्यक्रम ठुला शहरी करिडोर कार्यक्रम अन्र्तगत पाँचखालको सुलिकोटमा भ्युटाओर निर्माण सक्ने बताएको छ । त्यस्तै बनेपाको गोसाइकुण्ड जाने बाटोमा सिँढी मर्मत, बनेपाको २७ किलोमा रहेको भवन मर्मत, पनौतीको तरकारी बजारलाई थप ब्यवस्थापन, गोरखनाथ मन्दिर जाने बाटोको रेलिङ्ग प्लास्टर लगायतका कार्यहरु गरिरहेको छ । त्यस्तै शहरी बजार अध्ययन कार्यक्रम अन्र्तगत साँगा बजार मर्मत तथा ब्यवस्थापन जस्ता दर्जनौ कार्यहरु गरिरहेको छ । कार्यालयले सरकारी भवनहरु अन्र्तगत मालपोत कार्यालय काभ्रेको सुपरिभिजन सहितको कार्य सम्पन्न गरिसकेको छ भने जिल्ला प्रशासन कार्यालय काभ्रेको भवन पनि सुपरिभिजन गरिरहेको छ । पनौतीको सिरानचौरमा निर्माण हुन लागेको क्षेत्रिय रंगशालाको पनि कार्यालय आफैले निर्माण कार्य गर्दैछ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।