समाज

दुर्घटनामा विद्यालय श्रोत व्यक्तिको ज्यान गएको विरोधमा काभ्रे बन्द

दुर्घटनामा एकजना विद्यालय श्रोत व्यक्तिको ज्यान गएको र अरु २ जना श्रोत ब्यक्ति घाइते भएको विरोधमा शिक्षक युनियनले आज काभ्रे बन्दको घोषणा गरेको छ । रातीदेखि बिहान सम्म गाडी चलेपनि अहिले अरनिको राजमार्ग ठप्प भएको छ ।

मृतकका परिवारलाई राहत र घाइतेलाई उपचार खर्च तथा दोषीलाई कारबाही हुनुपर्ने माग गर्दै शिक्षकहरु सडकमा उत्रिएर प्रदर्शन गरेका छन् । हिजो बिहान बसको ठक्करबाट बनेपा ११ का डेगराज भट्टराईको ज्यान गएको तथा नवराज तिमल्सिना र तथा रामशरण बजगाई घाइते भएको विरोधमा स्थानीय, विद्यार्थी र आफन्तले दिनभर बाटो बन्द गराएका थिए ।

प्रदर्शनकारी र प्रहरीबीच हिजो पटक पटक झडप भएको थियो । समस्या समाधानका लागि ह%

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।