खेलकुद

जिल्लाब्यापी नाईन ए साइड फुटबल हुने

सोसियल सर्भस युवा क्लज बनेपाले माउण्ट एभरेष्ट फुटबल क्लवको सह आयोजनामा भदौ २२ गते देखि प्रथम काभ्रे जिल्ला कलेज स्तरिय नाईन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

जिल्लामा रहेका क्याम्पसहरु विचको सम्वन्धलाई अझै घनिष्ठ र सुमधुर बनाउन उक्त प्रतियोगिताको आयोजना गरिएको क्लवका अध्यक्ष सागर मानन्धरले बताए । प्रतियोगितामा २५ टिमको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम, दोश्रो र तृतिय हुने टिमलाई नगद सहित मेडल प्रदान गरिनेछ । क्लवले प्रतियोगिताको तयारी धमाधम गरिरहेको जानकारी गराएको छ । विगतका बर्षहरुमा पनि जिल्ला ब्यापी मावि स्तरिय हाजिरजवाफ प्रतियोगिता तथा अन्य कार्यक्रमहरु सम्पन्न गरिसकेको छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।