खेलकुद

१३औं साग - नेपालद्वारा भुटान चार गोलले पराजित - कप्तान सुजल श्रेष्ठको दुई गोल

१३औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत मंगलबार भएको एकतर्फी फुटबल खेलमा नेपालले भुटानलाई ४-० ले हराएको छ। नेपालका तर्फबाट सुजल श्रेष्ठले २, अभिषेक रिजाल र मिक्चेन तामाङले एक गोल गरेका हुन्।

नेपालले खेल सुरु भएको पाँचौं मिनेटमा नै कप्तान सुजल श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफ १-० सकिएको थियो भने नेपालले थप तीन गोल दोस्रो हाफमा थपेको थियो ।

खेलको ५० औं मिनेटमा सुजलले नै व्यक्तिगत दोस्रो गोल गरे । ६६ औं मिनेटमा तेस्रो गोल अभिषेक रिजालको नाममा रहृयो । चौथो गोल मिक्चेन तामाङले ७७ औं मिनेटमा डिबक्स बाहिरबाट उत्कृष्ट फ्रि किक गोल गरेका थिए ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।