खेलकुद

र््याब्स ग्रुपले जित्यो खुला फुटबलको उपाधि

जिल्लाकै बहुप्रतिष्ठित पनौतीको सिरानचौरमा बन्न लागेको क्षेत्रीय रंगशाला बनाउन दबाब दिने उद्देश्यले आयोजना गरिएको खुला फुटबलको उपाधि पनौतीको र््याब्स ग्रुपले हात पारेको छ । शनिबार सिरानचौर खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा काभ्रेकै बाँसडोल युवा क्लबलाई १–० ले पाखा लगाउँदै र््याब्स ग्रुपले उपाधिसहित ३० हजार जित्न सफल भयो ।

पहिलो हाफमा कुनै पनि टोलीबाट गोल हुन नसकेको अवस्थामा दोस्रो हाफको छैटौं मिनेटमै र््याब्सका सविन केसीले गोल गर्दा बाँसडोलले उपविजेतामा चित्त बुझायो । उपाधिसँगै र््याब्सले ३० हजार हात पा¥यो भने उपविजेतामै चित्त बुझाएको बाँसडोलले २० हजार हात पारेको थियो ।

rabs_football_winner

विजेता तथा उपविजेतालाई राखेपका सदस्यसचिव युवराज लामाले पुरस्कार वितरण गरेका थिए । पुरस्कार वितरणमा बोल्दै लामाले कुनै पनि हालतमा सिरानचौरमा रंगशाला निर्माण हुने दाबी गरेका थिए ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।