खेलकुद

१३ औँ साग - पुरुष फुटबलमा नेपाल भुटानलाई २-१ गोलले पराजित गर्दै ऐतिहासिक स्वर्ण

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल भुटानलाई २-१ गोलले पराजित गर्दै ऐतिहासिक स्वर्णपदक जितेको छ ।

नेपालले खेलको १३ औं मिनेटमा चोटका कारण कप्तान सुजल श्रेष्ठलाई गुमायो । पछिल्लो खेलमा चोट बोकेका उनको स्थानमा राजेश परियार मैदान प्रवेश गरेका थिए । मंगलवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाईनल खेलमा नेपालको अभिषेक रिजालले १६ औं मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । तर खेलको ३६ औं मिनेटमा भुटानका तर्फबाट छेन्जो ग्याल्जेनले गोल गर्दै खेललाई रोमान्चक बनाएका थिए । पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको ५३ औं मिनेटमा नेपालका सुनिल बलले उत्कृष्ट हेड गोल गर्दै नेपाली टोलीलाई २-१ को अग्रता दिलाएका थिए ।

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल भुटानलाई २-१ गोलले पराजित गर्दै एतिहासिक स्वर्णपदक जितेको छ । दशरथ रंगशालामा भएको फाईनल खेलमा नेपालको अभिषेक रिजालले १६ औं मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । तर खेलको ३६ औं मिनेटमा भुटानका तर्फबाट छेन्जो ग्याल्जेनले गोल गर्दै खेललाई रोमान्चक बनाएका थिए । पहिलो हाफ १-१ को बराबरी मा सकिएको थियो ।

दोस्रो हाफको ५३ औं मिनेटमा नेपालका सुनिल बलले उत्कृष्ट हेड गोल गर्दै नेपाली टोलीलाई २-१ को अग्रता दिलाएका थिए ।

नेपालले लगातार दोस्रो पटक साग फुटबलको उपाधि चुमेको छ। तीन वर्षअघि भारतमा भएको १२ औ सागमा नेपालले आयोजक भारतलाई हराएर स्वर्ण जितेको थियो। नेपालले यो सहित चौथो पटक साग फुटबलको उपाधि जितेको छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।