सुचना प्रविधि

नापी कार्यालय काभ्रेद्धारा डिजिटल लालपूर्जा वितरण

नापी कार्यालय काभ्रेले सोमबार ८४ जना जग्गाधनीलाई डिजिटल जग्गाधनी प्रमाणपत्र वितरण गर्‍यो । फिल्डको अटोमेटीक तथा डिजिटल प्रविधिबाट डाटा लिएर कम्प्युटरको आधारमा नक्सा तयार गरेर डिजिटल लालपूर्जा बनाउने गरिन्छ ।

कित्ता नापी महाशाखाका उपमहानिर्देशक नारायण चौधरीले अघिल्लो वर्षमा काभ्रेकै ७ नम्बर वडामा डिजिटल लालपूर्जा वितरण गरिएको बताउनुभयो । उहाँले अब नेपाल अधिराज्यभरनै यो सेवा विस्तार गरिने जानकारी दिनुभयो ।

बनेपा नगरपालिकाको वडा नं ७ का २०३२ सालमा नापनक्शा भएका जग्गाधनीको जमिनलाई पुनः नापनक्सा गरी अत्याधुनिक प्रविधिबाट प्रमाणपत्र तयार पारिएको हो। भूमिसुधार राज्यमन्त्री ज्वाला कुमारी शाहले प्रमाणपत्र वितरण गर्नुभएका थियो। वितरण गरिएको सो जग्गा करिव डेढ हेक्टर रहेको डिजिटल नापी कार्यालयले जनाएको छ ।

-
प्रगती श्रेष्ठ

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।