शिक्षा

देउराली माविमा छात्रवृत्ति वितरण

विर्तादेउराली गाविसको देउराली मावि विर्तामा सोमबार एक कार्यक्रमका विच नयाँ वर्षको शुभकामना आदानप्रदान, चियापान तथा विद्यार्थीहरुलाई छात्रवृत्ति रकम वितरण गरिएको छ ।

भुमेस्थान उच्च मावि श्रोत केन्द्रका पधानाध्यापक रामबाबु पन्तले विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेका थिए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद पन्तले उत्कृष्ट विद्यार्थी, नियमित विद्यालयमा हाजिर हुने विद्यार्थी र अनुशासित विद्यार्थीहरुको नामावली सार्वजनिक गरेका थिए । कार्यक्रममा विद्यालयभरीबाट उत्कृष्ट हुने छात्र उपेन्द्र पन्त र छात्रा भावना पन्तलाई देवलक्ष्मी छात्रवृत्ति कोषबाट १ हजार ४ सयका दरले छात्रवृत्ति रकम वितरण गरिएको थियो । त्यस्तै कक्षा १ देखि १० सम्म प्रथम हुने विद्यार्थीहरुलाई जनही २ सय ८० का दरले छात्रवृत्ति रकम वितरण गरिएको थियो । विद्यालयमा नियमित हाजिरी हुने, अनुशासनमा रहने, सरसफाईमा उत्कृष्ट हुने र गरिव २० विद्यार्थीहरुलाई ४ सय ८० का दरले छात्रवृत्ति वितरण गरिएको थियो । सोहि अवसरमा नर्वेमा रहेका निराजन कंडेलले भाई ज्ञानेन्द्र कँडेलका नाममा ५० हजारको ज्ञानेन्द्र कंडेल स्मृति छात्रवृत्ति कोष स्थापना गरी कार्यक्रम अवधीमै नर्वेबाट सम्बोधन गरेका थिए । सोहि कार्यक्रममा शिक्षक कुमार सिं लामा, नेकपा एमालेका क्षेत्रिय सदस्य हरिशरण खरेल, स्थानीय गणेबहादुर थापा लगायतले मन्तव्य राखेका थिए ।

-
निरञ्जन गौतम,
विर्ता

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।