अर्थ

चौतर्फी दबाबपछि सरकारले कर तिर्ने म्याद असार ७ गतेसम्म थप्यो

चौतर्फी विरोध र दबाबपछि सरकारले कर तिर्ने म्याद असार ७ गतेसम्मका लागि थप गरेको छ। आन्तरिक राजस्व विभागले आज एक सूचना जारी गर्दै कर दाखिलागर्ने म्याद थप गरिएको जनाएको हो। बन्दाबन्दीको अवधिमा सरकारले जेठ २५ गतेभित्र आयकर, भ्याटलगायतका कर चुक्ता गर्न निर्देशन दिएपछि व्यवसायीहरुले विरोध जनाएका थिए।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको निर्देशनको भद्र अवज्ञा गर्न आह्वान गरेपछि सरकार आफ्नो निर्णयबाट पछि हट्न बाध्य भएको हो।

विभागद्वारा जारी सूचनामा 'विश्वव्यापी रूपमा फैलिएको कोभिड- १९ को संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण करदाताहरूले आवधिक रूपमा बुझाउनुपर्ने कर विवरण, आय विवरण तथा ती विवरणअनुसार भुक्तानी गर्नुपर्ने कर दाखिलागर्ने म्याद २०७७ जेठ २५ र जेठ मसान्तसम्म थप गरिएकोमा उक्त अवधि पुन: देहायबमोजिम थप गरिएकाले सो अवधिभित्र विवरण र कर दाखिलागर्नुहुन सम्बन्धि सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,' भनिएको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।