शिक्षा

एमविविएस कोटाको छात्रवृत्तिमा बबिन महत उत्कृष्ट

धुलिखेल,

काठमाडौ विश्वविद्यालयले पनौती नगरपालिकालाई उपलब्ध गराउँदै आएको एमविविएस कोटाको छात्रवृत्तिका लागि प्रवेश परीक्षा दिएका विद्यार्थीहरु मध्ये पनौती नगरपालिका १३ पस्थलीका बबिन महत उत्कृष्ट भएका छन् ।

महतले विश्वविद्यालयको प्रवेश परीक्षामा ६९ अंक प्राप्त गरी सहभागि करिव ५ हजार विद्यार्थीहरु मध्ये ३ सय नम्वरमा नाम निकालेका छन् । पनौती नगरपालिका र काठमाडौ विश्वविद्यालय विच एमविविएस कार्यक्रमका लागि नगरपालिका भित्रका उत्कृष्ट तथा गरीव विद्यार्थीहरुका लागि छात्रवृत्ति उपलब्ध गराउने सम्झौता भएको थियो । काभ्रे इङ्गलिस उच्च मावि पनौतीबाट ८४ प्रतिशत ल्याई वर्नहाट कलेजमा अध्ययन गरेका बविनले ८२ प्रतिशत ल्याएर उत्कृष्ट भएका थिए । वर्नहाट कलेजको ५० प्रतिशत छात्रवृत्ति र आयरल्याण्डका हेलेनव्राइनको सहयोगमा उनले उच्च शिक्षा सकेका थिए । आर्थिक श्रोत न्युन भएका बविनका बाबु गोकुल खाद्य संस्थानको पिएन पदमा कार्यरत छन् । गुजारकै लागि भाडामा सानो किराना पसल गर्दै आएकी उनकी आमा वविता महतले कक्षा १० सम्मको अध्ययन पनि काभ्रे माविमा छात्रवृत्तिमै अध्ययन गराएकी थिइन् । नगरपालिका भित्रका आशालाग्दा बविनले अवसर पाए स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान गरेर नगरपालिका र जिल्लाकै नाम राख्ने प्रतिक्रिया दिए ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।