समाचार समाज

बनेपा नगरपालिका योजना तर्जुमाको अन्तिम चरणमा

बनेपा नगरपालिकाले आगामी आ.व. २०७०।०७१ को वार्षिक वजेट तथा कार्यक्रम तर्जुमाको कार्य अन्तिम चरणमा पुगेको छ ।
यसैक्रममा मंसिर १७ गते देखि २२ गते सम्म पूर्व सूचनाद्वारा कार्यक्रम निर्धारण गरी एक देखि एघारै वडामा वडा भेला सम्पन्न भएको छ । नगरपालिका कार्यालयमा कार्यरत शाखा प्रमुखहरुबाट भिन्ना भिन्नै वडाका लागि सहजीकरण गर्ने गरी तय भएको वडा भेलामा नगरपालिकाबाट गत आ.व. तथा चालु आ.व. मा सम्पन्न भएका तथा संचालित नगरस्तरीय तथा वडा स्तरीय योजनाहरुको प्रगती स्थिति प्रस्तुती, आगामी दिनका लागि नगरस्तरीय तथा वडा स्तरीय योजनाहरुको प्रस्ताव, भेलामा प्रस्तुत भएका योजना तथा कार्यक्रमहरुको प्रकृति अनुसार नगरपालिकाको साधन र स्रोतले भ्याए सम्म प्राथमिकता क्रम निर्धारण गरी सम्पन्न गर्दै जान सुझाव प्रस्तुती रहेको थियो ।

साथै फोहोरमैला व्यवस्थापन तथा ढलनिकास जस्ता कार्यक्रममा पहु“च विस्तार गरी अझ प्रभावकारी बनाउन सुझाव प्रस्तुती, नगरपालिकाबाट प्रदान हुने सेवा सुविधा प्रभावकारी बनाउन राय सुझाव, काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनामा व्यवसायिक योजना बमोजिम स्थानीय उपभोक्ताबाट बुझाउनुपर्ने जनसहभागिता बुझाउन प्रतिवद्धता प्रकट गर्ने निर्णय, काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना पुरा भए पछि उक्त आयोजनाबाट पानी उपयोग गरे बापत निर्धारण हुने महसुल बुझाउने प्रतिवद्धता व्यक्त गर्ने निर्णय भएको कार्यकारी अधिकृत सुरथ पोखरेलले जानकारी दिए ।

काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनामाबाट वितरित पानी नपुग्ने स्थानका लागि पम्पिड्ड गरी वा अन्य उपयुक्त विकल्पबाट पानी पु-याउने र प्राविधिक दृष्टिबाट वितरित प्रणालीबाट पानीको पह“ुच नपुग्ने स्थानका लागि छुट्टै पाइप लाईन राख्न माग गर्ने निर्णय, वडा भेलाबाट प्राप्त भएका राय सुझावहरुलाई नगरपालिकाले गम्भिरता पूर्वक ग्रहण गरी आगामी कार्यक्रमहरु संचालन गर्दै जानुपर्ने रायसुझाव प्राप्त भएको वरिष्ठ राजश्व अधिकृत, एवं सुचना अधिकृत ध्रुवराज नेपालले जानकारी दिएका छन् ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।