शिक्षा

धुलिखेल अस्पतालमा डेन्टल कलेज

dhulikhel-hospital

धुलिखेल अस्पताल काठमाडौ विश्वविद्यालय स्क्ुल अफ मेडिकल साइन्स इन्ष्टिच्युट अफ डेन्टल सर्जरीको गत विहिबार उद्घाटन गरिएको छ । सुविधासम्पन्न र गुणस्तरिय डेन्टल कलेजमा ५० डेन्टल बेडको क्षमता छ । ५० विद्यार्थीहरुले उक्त कलेजमा अध्ययन गर्ने अवसर पाउनेछन् ।

धुलिखेल अपस्तालको डेन्टल विभागमा ९ विशेषज्ञ, ९ डाक्टर र १८ जना नर्स सहितका कर्मचारीहरुले दन्त विभागमा कार्यरत छन् । जर्मनी नागरिकको सहयोगमा निर्माण सम्पन्न एक तल्ले भवनमा उक्त कलेज शुरु भएको छ । नेपालकै अस्पतालहरु मध्ये अत्यन्त न्युन शुल्कमा दाँत सम्वन्धि सम्पूर्ण उपचार गरिने विभागका डा. चन्दन उपाध्ययाले जानकारी दिए । अस्पतालको प्रशासकिय प्रमुख राजेन्द्र कोँजुका अनुसार अस्पताल प्राय सबै विभागहरुलाई गुणस्तरीय बनाउँदै लगेको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।