समाज

धुलिखेलमा ‘अर्थाग्नाथीक’ सर्जरी

धुलिखेल/धुलिखेल सामुदायिक अस्पतालको दाँत तथा मुख सम्वन्धीको उपचारमा नयाँ प्रविधि सहितको उपचार सेवा शुरु गरेको छ । धुलिखेल अस्पतालमा उपचार नहुँदा विरामीहरु उक्त रोगका लागि छिमेकी देश भारत लगायतका अस्पतालहरुमा जानु पर्ने बाध्यता थियो ।

काठमाडौ नैकापको १८ वर्षिइ विवेक थापाको सफल उपचार पछि धुलिखेल अस्पतालले पहिलो पटक नुमना उपचार धुलिखेलमै कम शुल्कमा हुन सक्ने बताएको छ । सामान्यतया मान्छेको अनुहारको बनावट हेर्दा सामान्य लागे पनि भित्री समस्याका कारण चिउँडो तथा टाउको, मुख र अन्य भागहरु साविक भन्दा फरक हुन सक्छन् । त्यस्तो अवस्थामा सर्जरीको माध्यमबाट सामान्य अवस्थामा फर्काउन उक्त प्रविधि सफल भएको दन्त विभागका डा. चन्द्यन उपाध्यायले जानकारी दिए । विवेकको चिउँडो लामो भएकाले १८ महिनाको लामो उपचार पछि छोटो भएको छ । अर्थाग्नाथीक सर्जरी गरी उपचार पाएका थापाले नयाँ जीवन पाएको प्रतिक्रिया दिए । भारतमा अप्रेसन भए पनि नियमित जाँचका लागि जान आउन कठिन हुने थियो । धुलिखेल अस्पतालमा यो उपचार शुरु भएपछि अनुहारको बनावट मिलाउन आउने विरामीहरुको संख्या थपिन थालेको छ । यो रोग एउटै जातका युवा युवतीको विवाह पछि जन्मने सन्तानमा देखा पर्ने डा. उपाध्यायले जानकारी दिए । दन्त विभागमा ७ जना विशेषज्ञ सहित १४ डाक्टर र २५ जना कर्मचारीहरुले सेवा दिइरहेका छन् ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।