मुख्य समाचार समाज

धुलिखेल अस्पतालमा सुत्केरीको मृत्यु, आशंका कोरोना

काभ्रे, धुलिखेल अस्पतालमा उपचारका लागि लगिएकी एक सुत्केरी महिलाको निधन भएको छ। नौ दिनअघि सुत्केरी भएकी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ घर भएकी २९ वर्षीया महिलाको श्‍वासप्रश्‍वासमा समस्या भएको भन्दै धुलिखेल अस्पताल भर्ना गरिएको थियो।

अस्पतालको भेन्टिलेटरमा राख्ने क्रममा उनको धुलिखेल अस्पतालका श्रोतले पुष्टि गरेका छन्।

महिलाको शंकास्पद मृत्यु भएपछि कोरोनाको आशंकामा उनको स्वाब धुलिखेल अस्पतालमा रहेको कोरोना प्रयोगशालामा परीक्षण गरिएको थियो। तर त्यसको रिपोर्ट स्पष्ट नआएपछि थप परीक्षणका लागि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा लगिएको छ।

मृतकको कोरोनाको आशंकापछि धुलिखेल अस्पताललाई शिल गरेको छ ।

सिन्धुपाल्चोककी ती महिलाको नौ दिन अघि काठमाडौंको शिक्षण अस्पतालमा प्रसुती गराइएको थियो।

अपडेट: साँझ ५:१५ बजे: शनिबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मनत्रालयका प्रवक्ता डा. विकास देवकोटाले अस्पतालमा मृत्यु भएकी महिलाको कोरोना सम्बन्धी परीक्षणहरु भइरहेको र सम्पूर्ण नतिजा आएपछि जानकारी दिने बताए।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।