समाज सुचना प्रविधि

काभ्रेको विकट तालढुङ्गामा इन्टरनेट सेवा

काभ्रेको विकट मानिने डाँडापारी क्षेत्रको साल्मेचाकल गाउँ विकास समितको तालढुङ्गामा वायरलेस इन्टरनेट सुविधा पुगेको छ । काठमाडौं विश्वविद्यालय, स्कूल अफ इन्जिनियरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स संकायमा अध्ययनरत तीनजना विद्यार्थीहरुको सक्रियतामा काभ्रे जिल्लाकै दुर्गम क्षेत्र साल्मेचाकल गाउँ विकास समितिको तालढुङ्गामा सूचना प्रविधिको सुविधा पुगेको हो ।

तालढुंगा बजारमा इन्टरनेट सुविधा पुगेपछि विदेशमा रहेका आफ्ना आफन्तहरुलाई टेलिफोन गर्नका लागि दुई /तीन हिड्नुपर्ने बाध्यता बोकेका यहाँका सर्वसाधारण जनताले अब गाउँबाट नै आफ्ना आफन्तसँग कुरा गर्न पाउने भएका छन् । विश्वविद्यालयका सुरेश जोशी, दीपेन्द्र मण्डल र कृष्टिना थापाको विद्यार्थी समूहले एक वर्ष लगाएर डाँडापारीलाई सूचना सञ्जालमा जोडेका हुन् ।

साल्मेचाकल गाविस र नेपाल दूरसञ्चार प्राधिकरणले एक, एक लाख नगद उपलब्ध गराएको छ । ६ लाख ६६ हजार रूपैयांको लागत रहेको योजनाका लागि काठमाण्डौ विश्वविद्यालयबाट ४ थान पेन्टीयम थ्री, विश्व विद्यालय कम्प्युटर इन्जिनियरिङका विद्यार्थी विनोद अधिकारीबाट १ थान  र नेपाल वायरलेस प्रोजेक्टले रेडियो यन्त्र उपलब्ध गराएको छ ।

विद्यार्थीहरुले तालढुंगा टेलिसेन्टरलाई वायरलेसमार्फत काठमाडौंसँग जोडेका छन् । तालढुंगा–नागपानी–महादेवडाँडा–जावलाखेल वाइ–फाईबाट जोडेको र सुबिसु केबुल नेटबाट इन्टरनेटको ब्याण्डविथ लिएको दीपेन्द्र मण्डलले जानकारी दिए । टेलिसेन्टरका ४ कम्प्युटर र वायरलेसमार्फत् इमेल/इन्टरनेट सञ्चालन गरिएको छ । स्थानिय जनविकास उच्च माध्यमिक विद्यालयमा समेत इमेल/इन्टरनेट सेवा संचालन गरिएको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।