मनोरन्जन

जमैकाकी टोनी एन सिंह बनिन् ‘मिस वर्ल्ड’ २०१९ - टप ५ मा पर्न असफल अनुष्का श्रेष्ठ

लन्डनमा सम्पन्न भएको यस बर्षको 'मिस वर्ल्ड' को उपाधि जमैकाकी सुन्दरी टोनी एन सिंहले जितेकी छिन् । विश्वकै प्रतिष्ठित यस सौन्दर्य प्रतियोगितामा विश्वका १११ राष्ट्रका सुन्दरीहरुले सहभागिता रहेको थियो । जमैकाकी टोनी एन सिंहले अन्य प्रतिस्पर्धीलाई उछिन्दै लण्डनमा आयोजना भएको ‘मिस वर्ल्ड २०१९’ को उपाधि जित्न सफल भएकी छिन्।

नेपालबाट यो बर्षका मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठले प्रतिनिधित्व गरेकी थिइन्। अनुष्काले हेड टु हेड च्यालेन्ज र मल्टिमिडिया अवार्ड जित्न सफल भएकी थिइन्। यसका साथै अनुष्का ब्युटी विथ प्रपोज विजेताको आधारमा सोझै टप ४० मा पर्न सफल भएकी थिइन्। टप १२ मा छनोट भएकी अनुष्काले आफुलाई टप ५ मा उभ्याउन भने सकिनन् । यो बर्ष टप ५ मा नाईजेरिया, ब्राजील, भारत, जमैका र फ्रान्सका सुन्दरी परेका थिए जस्मा जमैकाकी सुन्दरी ले जित हासिल गरिन् ।

‘मिस वर्ल्ड नेपाल २०१९’ अनुष्का श्रेष्ठ

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।