स्वास्थ्य

सनसिटी अपार्टमेन्टमा बस्‍ने एकै परिवारका तीनजनालाई कोरोना आशंका, पाटन अस्पतालमा भर्ना

काठमाण्डौ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्‍ने एकै परिवारका तीनजनामा कोरोना आशंकामा अस्पतालमा भर्ना गरिएको छ। अपार्टमेन्टको १५औँ तलामा बस्दै आएका आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो। पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरुको थ्रोट स्वाब लिइएको पाटन अस्पतालका निर्देशक विष्णु शर्माले बताए ।

उक्त अपार्टमेन्टमा बस्‍ने तीनजनालाई स्वास्थ्य मन्त्रालयको आग्रहमा नियन्त्रणमा लिएर पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ताले जानकारी दिएका छन्।

अपार्टमेन्टको ए ब्लकमा बसिरहेका उनीहरु २८ दिनअघि चैत ५ गते बेलायतबाट आएको खुलेको छ । तीनजना आशंकितलाई अस्पताल लगिएपछि प्रहरीले सनसीटी अर्पाटमेन्टमा मानिसहरुलाई भित्र बाहिर आवत जावत गर्न नदिई सिलबन्दी गरेको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।