स्वास्थ्य

पाटन अस्पतालको आइसोलेसनमा उपचाररत एक बिरामीको मृत्यु

पाटन अस्पतालको आइसोलेसनमा उपचाररत रहेका एकजना बिरामीको मृत्यु भएको छ ।

पाटन अस्पतालका निर्देशक डा. बिष्णु शर्माका अनुसार उक्त बिरामी अन्य रोगको उपचार गर्न आएका थिए र उनको मृत्युको कारण कोरोना भाइरस नभएको स्पष्ट पारे। आइसोलेसनमा रहेको उनको कोरोना परीक्षण भइसकेको र कोरोना रिपोर्ट नेगेटिभ देखिएको डा. शर्माले जानकारी दिनुभयो।

स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पतालमा कोरोनाको आशंकामा हाल २८ जना आइसोलेसनमा तथा कोभिड-१९ संक्रमित १३ जना उपचाररत छन्।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।