स्वास्थ्य

सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, पेप्सीकोलामा अवस्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने कोरोना आशंका गरिएका तीन नेपाली मध्ये २ जनालाई (५८ वर्षीया छोरा र ८१ वर्षीया आमा) कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

गत चैत ५ गते बेलायतबाट फर्किएका तीन जनामा र्‍यापिड डाइगोस्नोटिक टेस्ट (आरडिटी) गर्दा कोरोनाको संक्रमण पोजिटिभ देखिएको थियो। सोमबार पाटन अस्पतालको आइसोलेसनमा लगेर राखिएको तीन जनामध्ये दुईमा पुष्टी भएको टेकु अस्पतालको विशेष स्राेतले जानकारी दिएको छ।

अर्का एकजनाको भने रिपोर्ट आउने क्रममा रहेको स्रोतले बताएको छ।

प्रहरीले सोमबार ने सनसिटी अपार्टमेन्टमा सुरक्षा व्यवस्था कडा गरेको छ भने भित्र बसोबास गर्ने मानिसलाई बाहिर जान दिएको छैन।

पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आई बसोबास गर्ने एकै परीवारका ३ जना कोभिड-१९ को शंकास्पदहरूको...

Posted by Ministry of Health and Population-Nepal on Tuesday, April 14, 2020

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।