स्वास्थ्य

नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ५७

नेपालमा बुधवार एकै दिन थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वाबको नमुना परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएकोमा बाराका दुई र पर्साका एक जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमितहरू जीतपुर सिमरा नगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढका ३१ वर्षीय र वीरगञ्ज-२ छपकैयाका ४६ वर्षीय पुरुषहरू हुन् । तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका भएको बताइएको छ ।

यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । हालसम्म १६ जना निको भएर डिस्चार्ज भैसकेका छन् अब नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४१ पुगेका छन् ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।