स्वास्थ्य

वीरगञ्जमा १७ जनामा कोरोना संक्रमित पुष्टि

वीरगञ्ज महानगरपालिका-३ छपकैयामा बुधबार थप १७ जना कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् । संक्रमित पुष्टिमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।

प्रवक्ता डा. देवकोटाका अनुसार संक्रमित हुने सबै एकै परिवारका सदस्य भएको जसमा १० जना पुरुष र ७ जना महिला रहेका छन् ।

संक्रमित परिवारका सदस्यका अनुसार लकडाउन घोषणा भएपछि उनीहरू बाहिर कतै नगएको बताएका छन् ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।