साहित्य

पनौतीमा अक्षरमार्ग लोकार्पण

पनौती,

सूर्यप्रसाद लाकोजू प्रकाशक सम्पादक रहेको साहित्यिक त्रैमासिक 'अक्षर मार्ग' को एक समारोहबीच शनिबार साहित्यकार रोचक घिमिरेले लोकार्पण गर्नुभयो । कार्यक्रममा वरिष्ठ साहित्यकार मोहन दुवाल, ज्ञानकाजी मानन्धर, डा. रामप्रसाद ज्ञवालीले अक्षरमार्ग माथि चर्चा गर्नुभएको थियो । विजयराज कर्माचार्यले स्वागत मन्तव्य, लोकगायक मच्छेश्वर सापकोटा र गोविन्दबहादुर थापाले स्वागत कविता वाचन गर्नुभएको थियो । रामसुन्दर देउजाले संचालन गर्नुभएको कार्यक्रममा अक्षरमार्ग वरिष्ठ स्रष्टा सम्मान र विष्णु–हेम अक्षरमार्ग स्रष्टा सम्मान प्रदान गरिने घोषणा गरिएको थियो ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।