समाचार

महेन्द्र बहादुर पाण्डे चीनका लागि राजदुतमा नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले महेन्द्र बहादुर पाण्डेलाई चीनका लागि नेपालको राजदुतमा नियुक्त गरेकी छिन् ।

मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले शुक्रबार पाण्डेलाई संविधानको धारा २८२ अनुसार पाण्डेलाई चीनको राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेकपा नेता समेत रहेका पाण्डेलाई सरकारले गत फागुन १८ गते चीनका लागि आवासीय राजदुतमा नियुक्त गर्न सिफारिस गरेको थियो ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।