समाचार

राष्ट्रपतिद्धारा दुवै सदनको अधिवेशन आह्वान

राष्ट्रपति विद्या देवी भण्डारी / फोटो: रासस

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन आह्‍वान गर्नुभएको छ । आइतवार बसेको मन्त्रिपरिषद्को निर्णयानुसार राष्ट्रपति भण्डारीले वैशाख २६ गते शुक्रबार ४ बजेका लागि बैठक आह्‍वान गर्नु भएको हो ।

संविधानको धारा ९३ को उपधारा (१) बमोजिम वैशाख २६ गते शुक्रबार अपरान्ह ४ बजेका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कोरोनाभाइरसको कारण सामाजिक दुरी कायम गरी संसद बस्ने व्यवस्था सरकारले मिलाएको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।