समाचार

प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा संसद बैठक कक्ष अवलोकन

तस्विर सभामुखकाे सचिवालय

प्रधानमन्त्री केपी ओलीले संसद बैठक कक्ष अवलोकन गरेका छन् । बजेट अधिवेशन बोलाउने तयारी भइरहेको बेलामा बुधबार संसद भवन पुगेर प्रधानमन्त्री ओलीले बैठक कक्ष अवलोकन गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसंगै प्रतिनिधीसभा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कानुनमन्त्री शिवमाया तुम्बाहाङफेले नयाँ बानेश्वरस्थित संसद भवनको संयुक्त अवलोकन गरेका थिए ।

सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगीका अनुसार सचिवालयले सामाजिक दुरी कायम गरेर बैठक बस्न मिल्ने गरी बनाइएको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।