समाचार

वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउने सरकारको निर्णय

फाइल तस्बिर : मन्त्रिपरिषद् बैठक

सरकारले वैशाख २६ गतेबाट संघिय संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २६ बाट बजेट अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नेछन्। प्रधानमन्त्री केपी शर्मा ओली सहित सभामुखले गत बिहीबार संसद भवनको निरीक्षण गरेका थिए।

संवैधानिक व्यवस्था अनुसार सरकारले हरेक वर्ष जेठ १५ गते आगामी वर्षको बजेट ल्याउनैपर्ने व्यवस्था छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।