समाचार

मन्त्रिपरिषद्को निर्णयः २५ वैशाखसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

फाइल तस्बिर : मन्त्रिपरिषद् बैठक

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बन्दाबन्दी (लकडाउन) बैशाख २५ गते सम्म लम्ब्याउने निर्णय गरेको छ। कोरोना भाइरस रोथामका लागि जारी लकडाउन सोमबार १५ गते सक्न लाग्दा सरकारले उक्त निर्णय गरेको हो ।

कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले कोरोनाको संक्रमण नियन्त्रणको लागी थप एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।

यसै गरी बैठकले बाह्य जगतबाट जोखिम नहोस् भनेर सीमा नाकामा आवागमन रोक्ने निर्णय गरेको छ । अन्तराष्ट्रिय सीमा नाकामा वैशाख ३१ गतेसम्म अवागमन रोक्ने बैठकले निर्णय गरेको छ ।

सरकारले ११ चैतदेखि देशव्यापी लकडाउन गरेको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।