राजनीति

अग्नि सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा

प्रतिनिधि सभाको सभामुखमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सांसद अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकले सापकोटालाई सभामुखमा निर्विरोध निर्वाचित गरेको हो। प्रतिनिधि सभामा सभामुखका लागि एकमात्र प्रस्ताव परेकाले सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा सभाको अध्यक्षता गरेका जेष्ठ सदस्य महन्थ ठाकुरले गरेका हुन् ।

नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले सापकोटालाई सभामुख बनाउन संसदमा प्रस्ताव प्रस्तुत गरेका थिए। नेम्वाङको प्रस्तावलाई पूर्वसभामुख ओनसरी घर्ती मगर, नेकपा प्रमुख सचेतक देवप्रसाद गुरुङ र राजपाका लक्ष्मणलाल कर्णले समर्थन गरे ।

सभामुख र उपसभामुख दुवैको राजीनामापछि आजको प्रतिनिधि सभाको बैठक जेष्ठ सदस्य महन्थ ठाकुरले बैठकको अध्यक्षता गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी सचिवालयको बैठकले सापकोटालाई सभामुखको उम्मेद्वार बनाउने निर्णय गरेको थियो।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।