राजनीति

कांग्रेसमा विवाद - पौडेलद्वारा केन्द्रीय समिति बैठक बहिष्कार, कोइराला र सिटौला अनुपस्थित

नेपाली कांग्रेसले विहिबार बोलाएको केन्द्रीय कार्यसमितिको बैठक बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बहिष्कार गरेका छन् । सभापति शेरबहादुर देउवाले एक पक्षीय रुपमा पार्टीको विभागको संख्या बढाउने प्रस्ताव अगाडी सारेको र १४ औं महाधिवेशनको कार्यतालिकाको प्रस्ताव ल्याउन तयार नभए पछि कांग्रेसभित्र विवाद बढेको हो ।

रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला। फाइल तस्वीर

संस्थापन पक्षले २८ विभागको संख्या बढाएर ४१ बनाउने तयारी गरेपछि पौडेल पक्ष असन्तुष्ट छ । तर संस्थापन पक्ष पेलेरै बहुमतिय निर्णयबाट ४१ विभाग गठन प्रस्तावलाई पारित गराउने तयारीमा छ ।

महामन्त्री शशांक कोइराला र पुर्व महामन्त्री कृष्ण सिटौला बैठकमा उपस्थित भएनन् ।

नेता सिटौलाले आफूले पार्टी कार्यालयमा जानकारी गराएरै झापा गएको बताए। प्रवक्ता विश्वप्रकाश शर्माले पौडेल र सिटौलाबिनै केन्द्रीय समिति बैठक बसेको जानकारी दिए।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।