मुख्य समाचार राजनीति

कांग्रेस केन्द्रीय समिति: संविधान संशोधनको पक्षमा मतदान संसदीय दललाई निर्देशन

शनिबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिनुपर्ने प्रस्ताव आएको छ।

लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको अध्यावधिक नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिन जारी केन्द्रीय समिति बैठकमा प्रस्ताव आएको प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत जानकारी दिएका छन्।

कांग्रेसको संविधान संशोधनको पक्षमा उभिने यसअघि पदाधिकारी बैठककै बेला संकेत गरेता पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिबाट संस्थागत निर्णय गर्ने बताउँदै केही समय माग गर्नुभएको थियो। त्यसै अनुरुप निर्णय गर्न आज बैठक बसेको थियो।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।