राजनीति

पनौती - ८ मा मनकुमार केसीको चर्चा

पनौती नगरपालिका वडा नं ८ मा मनकुमार केसीको नेपाली कांग्रेसबाट वडा अध्यक्षको उम्मेदवार हुने पक्का पक्की रहेको नेपाली कांग्रेस निकट स्रोतले जनाएको छ। यही बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता भएता पनि दलहरुले अहिले सम्म वडाका वडा अध्यक्ष देखि मेयरसम्म पनि कसैले उम्मेदवार छान्न सकेका छैनन्। पनौती वडा नं. ८ मा वडा अध्यक्षका लागि हालको वडा अध्यक्ष केशब बन्जारासहित २ जनाको दावी रहेको छ। त्यस मध्य मनकुमार केसी जनताका हरेक दु:ख सु:खका साथी हुन्। पनौती वडा नं. ८ का लागि सबै युवाहरुका ढुकढुकी समेत रहेका केसीले काग्रेसको तर्फबाट टिकट पाओस भन्ने आम चाहाना र केसीलाई चुनाव जिताउने त्यँहाका युवाहरुले बताउदै आएका छन् ।

‘पनौती ८ का सबै साथीहरूको आग्रह अनुसार म अघि बढेको छु‚’ केसीले भने‚ ‘पनौती-८ लाई आउँदो ५ वर्षमा सबैले हेर्न लायक बनाउने अथक प्रयास गर्ने छु। मेरो सिप, जाँगर र जीवनको अनुभवबाट पनौती वडा - ८ को काँचुली फेर्न इमान्दार प्रयास गर्ने छु ।’

पार्टीका लागि सदैव दिलो ज्यान र निस्वार्थ ढगंले हिडेका उनलाई यस पटक पार्टीले कुनै पनि हालतमा टिकट दिनुपर्ने वडा नं. ८ का युवाहरुले बताए। पनौतीमै युवा माझ प्रखर वक्ताको रुपमा लोकप्रीय र वडामा पनि युवाहरुलाई समेट्न सक्षम मनकुमार लाई पार्टीले टिकट दियो भने चुनाव अवश्य नै जित्ने आम युवाहरुको बिष्लेषण रहेको छ। वडामा पर्यटन उधोगको समेत व्यापक सम्भावना रहेकोले यसलाई आफ्नो घोषणापत्रमा समाबेश गरिएको केसीको भनाई छ। साथै स्वास्थ्य र शिक्षामा सबैको सहज पहुच र वडा स्तरमै युवाहरुलाई रोजगारको व्यापक अबसर सिर्जना गर्ने महत्वपुर्ण एजेन्डाका साथ अगाडी बढेका मनकुमार आफु जित्नेमा विश्वत देखिन्छन्।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।