समाज

दुर्घटनापछि बनेपामा तनाव

काभ्रेको बनेपा–११ बुडोलमा ठक्कर दिएर स्रोतव्यक्ति डेगराज भट्टराईको ज्यान लिने बसलाई स्थानीयबासीले आगो लगाइदिएपछि

बसको ठक्करले मर्निङ वाकमा हिडेका एक कर्माचारीको निधन र अर्का एक घाइते भएपछि बनेपापमा तनाव उत्पन्न भएको छ। स्थानीयले बसमा आगजानी गर्नुका साथै अरनिको राजमार्ग अवरुद्ध गरेर प्रर्दशन थालेका छन् । प्रहरी र स्थानीयबीच झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड अश्रृ ग्यास प्रहार गरेको छ ।

बनेपा ११ बुडवलबाट धुलिखेल तर्फ जादै गरेको बा.२.ख ५८९२ नम्बरको बसले किच्दा जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति देगराज भट्टराईको मृत्यू भएको छ । अर्का स्रोत व्यक्ति नवराज तिमल्सिना गम्भीर घाइते छन् । उनलाई उपचारार्थ काठमाडौं न्यूरो अस्पताल पठाइएको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।