समाज

खुला दिशामुक्त घोषणा भएका गाविसलाई १ लाख

काभ्रेमा खुला दिशामुक्त क्षेत्र घोषणा भएका १२ गाविसलाई पुरस्कार प्रदान गरिएको छ । जिल्ला विकास समिति काभ्रेले २१ औं जिल्ला परिषदको अवसरमा ती गाविसलाई पुरस्कृत गरेको हो । उनीहरुलाई प्रतिगाविस १ लाख रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको जिल्ला विकास समितिले जानकारी दिएको छ ।

पुरस्कार पाउने गाविसहरुमा ठूलोपर्सेल, पुरानागाउँ दाप्चा, कोलाँती भुम्लु, ढुंखर्क, मादनकुँडारी र शारदावतासे रहेका छन् । यस्तै मेच्छे, चापाखोरी, पोखरी नारायणस्थान, बोल्देफेदिचे तथा सरमथली र सस्र्युंखर्क गाविस पुरस्कृत भएका छन् । जिविसले २१ औँ जिल्ला परिषद्को नीति तथा कार्यक्रममा समेत खुल्ला दिसामुक्त घोषणा गर्ने गाविस र सचिवहरूलाई प्रोत्साहन स्वरुप थप अनुदान र पुरस्कृत गर्ने व्यवस्था गरेको छ । यस्तै जिल्ला विकास समितिले दुईजना कर्मचारीलाई नगद २० हजारसहित सम्मान गरेको छ । सम्मानित हुने कर्मचारीमा जिल्ला विकास समितिका रामचन्द्र भोछिभोया र शारदा वतासे गाविसका सचिव रघुराम वैद्य रहेका छन् । उनीहरुलाई उत्कृष्ट कर्मचारी भन्दै सम्मान गरिएको हो ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।