समाज

शारदाबतासे गाविस खुला दिशा मुक्त घोषणा

काभ्रे जिल्लाको शारदा बतासे गाउँ विकास समितिलाई हिजो बुधबार देखि खुला दिशा मुक्त गाविस घोषणा गरिएको छ। गाउँ विकास समितिमा रहेका ५ सय ३५ घरधुरीमा पक्कि शौचालय निमार्ण सकिए पछि पुरै गाउँलाई खुल्ला दिशा मुक्त गाविस घोषणा गरिएको हो। प्रमुख जिल्ला अधिकारी रुद्रनाथ बस्यालले एक कार्यक्रमका विच उक्त घोषणा गरेका थिए।

गाविस सचिव रघुराम बैद्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा खानेपानी तथा ढल निकास विभागका निर्देशक नवलकिशोर मिश्र, राजनीतिक दलहरुका प्रतिनिधिहरु नेकपा एमालेका खेमराज शाही, एनकेपा माओवादीका गोविन्द भण्डारी, नेपाली कांग्रेसका विजयभक्त श्रेष्ठ, नेकपा–माओवादीका कान्छा लामा, उपस्वास्थ्य केन्द्र प्रमुख शरदचन्द्र थापा लगायतले खुला दिशा मुक्त गाविस घोषणाले शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रमा सहयोग पुग्ने बताएका थिए।

सोही कार्यक्रममा गाविसका जेष्ठ सदस्य माइली अधिकारी, दलित तथा शारिरीक अपाङ्ग भिमसेन पुर्काेटी मिजार, ठुलीकान्छी विश्वकर्मा र गोमा कुँवरलाई सम्मान गरिएको थियो। कार्यक्रममा कालिका माविका विद्यार्थीहरुले जनचेतनामूलक नाटक र साँस्कृतिक कार्यक्रम प्रदर्शन गरेका थिए।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।