खेलकुद

१३औं साग - पौडीमा गौरिकालाई पहिलो स्वर्णपदक

तेह्रौ दक्षिण एसियाली खेलकुदमा पौडी विधामा गौरिका सिंहले पहिलो स्वर्णपदक जितेकी छन् । गौरिकाले दुई सय मिटर फ्री स्टाइलमा स्वर्ण पदक जित्दै पौडीको व्यक्तिगत विधामा स्वर्ण पदक जित्ने पहिलो खेलाडीको इतिहास रचेकी छन्।

सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतिस्पर्धामा गौरिकाले २०० मिटर फ्री स्टाइलमा स्वर्ण जितेकी हुन् । उनले २ मिनेट ५.०६ सेकेण्डमा निर्धारित दूरी पूरा गरेकी हुन् ।

तेह्र वर्षको उमेरमा ओलिम्पिक खेलेर चर्चा बटुलेकी गौरिकाले २०१६ मा भारतको गुवाहटीमा भएको १२ औँ सागमा पनि २०० मिटर मिड्लेमा रजत पदक जितेकी थिइन्।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।