खेलकुद

१३औं साग – नेपालद्वारा माल्दिभ्स २-१ गोलले पराजित

१३ औ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा शनिबार नेपाल राष्ट्रिय यू२३ फुटबल टोलीले माल्दिभ्सलाई २-१ ले पराजित गर्दै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यो जितसँगै नेपालले ७ अंक सहित फाइनलमा पुग्ने सम्भावनालाई कायमै राखेको छ  ।

माल्दिभ्सका इब्रहाम हुसेनले १९औ मिनेटमा गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाएका थिए।

तर अभिषेक रिजालले खेलको ४३औ मिनेटमा डिबक्सबाट उत्कृष्ट गोल गर्दै खेललाइ १-१ को बराबरीमा ल्याएका थिए । दोस्रो हाफको ५२औ मिनेटमामा सुनिल बलको कर्नरमा अनन्त तामाङले लो हेडर गोल गर्दै नेपालको जित पक्का गरेको हो।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।