खेलकुद

१३औं साग – नेपाल र श्रीलंका बिचको खेल १-१ को बराबरीमा खेल्दै अंक बाँडे

१३ औं साग अन्तर्गत आज भएको पुरुष फुटबल खेलमा नेपाल र श्रीलंकाले १–१ गोलको बराबरी खेलेर अंक बाडेका छन्।

नेपाल अन्तिम समयमा खेलमा सम्हालिन नसक्दा श्रीलंकाले अंक खोस्न सफल रह्यो। खेलको ३३ औं मिनेटमा श्रीलंकाका खेलाडीले अनन्त तामाङलाई लडाएपछि नेपालले पेनाल्टी पाएको थियो। पेनाल्टीमा नेपालका कप्तान सुजल श्रेष्ठले गोल गर्दै नेपाललाई १ -० को अग्रता दिलाए। नेपालले पहिलो हाफमा १ गोलको अग्रता लिएको थियो।

खेलको ८४औं मिनेटमा अनन्त तामाङले गरेको हेड श्रीलंकाको पोष्टको नजिकैबाट बाहिरिएपछि नेपालले २–० बनाउने सुनौलो अवसर गुमायो। इन्जुरी समयमा श्रीलंकाले उत्कृष्ट फ्रि-किकमा गोल गर्दै खेलमा बराबरी गरेको हो।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।