खेलकुद

बंगलादेशलाई १-० हराउँदै नेपाल साग फुटबलको फाइनलमा

नेपाल १३ औ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आइतबार भएको समुह चरणको अन्तिम खेलमा बंगलादेशलाई १-० ले हराउँदै नेपाल फाइनलमा पुगेको छ । अब स्वर्णपदकका लागि भुटानसँग मंगलबार खेल्नेछ ।

त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा नेपालले ११ औं मिनेटमा सुनिल बल गोलमा अग्रता लिएको थियो । कप्तान सुजल श्रेष्ठसँगको पासमा गरेको सो गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

खेलको अन्त्यतिर बंगलादेश १० खेलाडीमा सिमित भएको थियो । नेपाली खेलाडीलाई फाउल गरेपछि कप्तान जमाल भुयान दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड पाएका हुन् ।

यस नतिजासँगै नेपाल ४ खेलबाट १० अंकसहित लिग चरणको विजेता बन्यो । ४ खेलमा ३ जित सहित ९ अंक हासिल गरेको भुटानले दोस्रो स्थान सहित फाईनल सुरक्षित गर्यो ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।