समाज

१३औं साग खेलकुद - नेपाल महिला भलिबलको सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपाल १३ औं साग प्रतियोगिता अन्तर्गत महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रबार भएको समूह चरणको खेलमा भारतले बंगलादेशलाई ३–० को सोझो सेटमा हराएपछि नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

भारतले बंगलादेशमाथि २५–८, २५–११, २५–९ को सहज जित निकालेको थियो । समुह ‘ए’ मा रहेको नेपाल उपविजेता बन्यो । भारत विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । भारतले नेपाल र बंगलादेशलाई हराएको थियो । नेपालले भने बंगलादेशलाई हराएको थियो ।

लगातार दुई हारसँगै बंगलादेश समूह चरणबाट बाहिरएको छ । नेपालले सेमिफाइनलमा समूह ‘बी’ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।