खेलकुद

सरकारको घोषणा - सागमा स्वर्ण पदक जित्नेले ९ लाख पाउने

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने खेलाडीलाई सरकारले नगद पुरस्कार्को घोषणा गरेको छ ।

बुधवार बालुवाटारमा सहभागी खेलाडीहरूमाझ प्रधानमन्त्री केपी ओलीले सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई ९ लाख दिने घोषणा गरेका छन् । एकभन्दा बढी स्वर्ण पदक जित्ने खेलाडीलाई ११ लाख दिइने पनि उनले घोषणा गरे । त्यस्तै रजत पदक विजेतालाई ६ लाख र कास्य पदक विजेतालाई ३ लाख दिने सरकारले घोषणा गरेको छ ।

हिजो सकिएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी २०६ पदक जितेको थियो।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।